प्रदेश खेलकुद विकास बोर्ड

कोशी प्रदेश, विराटनगर

# सेवा सुचारु सम्बन्धमा # सेवा प्रवाह सम्बन्धमा # खेल संस्थालाई मापदण्डमा आधारित अनुदान सहायता वितरण कार्यक्रमका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना -२०८२ # ब्याडमिन्टन प्रतियोगिता सम्बन्धी सूचना

शहिद रंगशाला

Summary
Nameशहिद रंगशाला
ESTD१९६९
Capacity१५०००
Ownership जिल्ला खेलकुद बिकास समिति ,मोरंग
Area१७-८-१६.५ बिगाहा
StatusCOMPLETED

सहिद रंगशाला विराटनगर, कोशी प्रदेशको  एक बहुउद्देश्यीय रंगशाला हो। यसको १५,००० दर्शक क्षमता छ।

सहिद रङ्गशाला पुर्वाञ्चल विकास क्षेत्रको सबैभन्दा ठूलो रङ्गशाला हो। यस रङ्गशालामा १५,००० दर्शकहरु धान्ने क्षमता रहेको छ। यस रङ्गशाला भित्र प्रवेश गर्नका लागि ३ मुख्य ढोकाहरू रहेका छन्। २०७३ पुस ८ गते यस रङ्गशालामा सातौँ राष्ट्रिय खेलकुद २०७३को समुद्घाटन कार्यक्रमको आयोजना गरिएको थियो। यो नेपालकै तेस्रो सबैभन्दा ठूलो र पुर्वाञ्चलको सबैभन्दा ठूलो रङ्गशाला हो। यो नेपालको एक फुटबल क्लब मोरङ ११को गृह मैदानका रूपमा रहेको छ । यस रङ्गशाला नेपालको एक लोकप्रिय रङ्गशाला हो। रङ्गशालामा, विभिन्न किसिमका कार्यक्रमहरू जस्तै कृषि मेलाको आयोजना हुँदै आइरहेको छ। यो एक बहुउद्देश्यीय खेलकुद रङ्गशाला हो। सहिद रङ्गशाला, एक राष्ट्रिय रङ्गशालाको रूपमा विकास गरिने बताइएको थियो। यस खेल मैदानको पुनर्निर्माणको लागि नेपाल सरकारले खेलकुद मन्त्रालय मार्फत ८.७ मिलियन बजेट विनियोजन गरेको थियो। अखिल नेपाल फुटबल सङ्घले २०१९ साफ महिला च्याम्पियनसिपको सबै खेलको लागि यस रङ्गशालालाई जिम्मेवारी दिएको थियो। एन्फाले आगामी कार्यक्रमहरूको लागि बिराटनगर महानगरपालिकासँग यस रङ्गशालाको स्तर उन्नति र विकास गर्नको लागि एक सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो। सुविधाहरू यो रङ्गशालामा दर्शकहरूलाई धेरै सुविधाहरू दिइएको छ । भित्र आउन र बाहिर जानको लागि मुख्य ३ वटा ढोकाहरू रहेका छन् । दर्शकहरूको लागि विशेष बस्ने ठाउँको पनि व्यावस्था गरिएको छ । यो रङ्गशाला भित्र सौर्य बत्तीहरू जडान गरिएको छ जसले रातीको बेलामा प्रकस्ट दृश्य देखिन्छ । जमीन सुरक्षाको लागि सबै तिरबाट काँडेतारले घेरिएको छ । पार्किङ प्रणालीको त्यहाँ राम्रो व्यवस्था रहेको छ जहाँ धेरै गाडीहरू एकैचोटि पार्क गर्न सकिन्छ। टेनिस कोर्ट साथै घेरिएको ठूलो कोठा, रङ्गशालासँग जोडिएको छ । विराट गोल्डकपको बेलामा आयोजक द्वारा अस्थायी रात्रिबत्ती जडान गरिएको थियोे । बिराटनगर महानगरपालिका र प्रदेश सङ्ख्या १ को सरकारले एक वर्ष भित्र स्थायी रात्रिबत्ती जडान गर्ने प्रतिज्ञा गरेको थियो । यस रंगशालामा पाँचौ साफ महिला च्याम्पियनसिप अगाडि खेलाडी चेन्जिङ् रुम, खेलाडी आराम कक्ष,खेलका दौरान पत्रकारका लागि छुट्टै सम्मेलन कक्ष(मिडिया सेन्टर) निर्माण गरिएको छ। इतिहास यस रङ्गशालामा महेन्द्रनगर गोल्डकप (हाल विराट गोल्डकप)को आयोजना पहिलो पटक सन् १९६१ मा भएको थियो । यस रङ्गशालामा सातौँ राष्ट्रिय खेलकुदको उद्घाटन समारोहको कार्यक्रम पनि आयोजना गरिएको थियो जसलाई नेपालकी तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन्